दुई करोड अडियो काण्डः स्वतन्त्र पार्टीका सांसदको अडियो टेप बारे सरकारले मसिनोगरी अध्ययन गर्छ – गृमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठलको दुई करोड सम्बन्धी अडियो टेप बारे सरकारले अनुसन्धान गर्ने बताएका छन् ।

चितवनमा पत्रकारहरुसंग कुरागर्दै गृहमन्त्री श्रेष्ठले अडियो काण्डबारे सरकारले आफ्नो तर्फवाट अनुसन्धान सुरु गरिसकेको बताए । मसिनो गरी अनुसन्धान हुन्छ उनले भने । सार्वजनिक भएको अडियोकै आधारमा दोषिनै हो भनेर निश्कर्षमा पुगि नसकेपनि त्यसलाई एउटा प्रमाणको रुपमा लिएर सरकारले अध्ययन अनुसन्धान थालेको जानकारी दिए ।

यस्तै गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटा पत्र पठाएर मात्रै सबै समस्या समाधान नहुने बताएका छन् । बल प्रयोगका लागि एउटा पत्र मात्र पठाएर समस्या समाधान नहुने भन्दै त्यसका लागि आवश्यक तथ्यगत रुपमा समन्वय हुन आवश्यक रहेको औल्याए ।

‘मैले धेरै टिप्पणी गर्न चाहन्न, समन्वयको चाँही स्थानीय सरकारले वा अर्को कुनै सरकारले यसो गर्दिनुस् भनेर समन्वय भनिदैन, समन्वय गर्दा यो समस्या छ, यसलाई यसरी हल गर्ने सोचिएको छ, यसरी हल गर्ने औचित्य यसकारण रहेछ भनेर पुष्टि हुनेगरि समन्वय हुनुप¥यो, त्यसपछि आवश्यक सहयोग हुन्छ’ गृहमन्त्री श्रेष्ठले भने ‘सहयोग गर्ने कुरामा हाम्रो कुनै द्धिविधा छैन, तर औचित्य पुष्टि हुनेगरि समझदारी हुनपर्छ ।’

उनले काठमाडौं महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउदिन भन्न मिल्छ की मिल्दैन भन्दै प्रश्न समेत गरे ।–000–

 

Share:

सम्बन्धित समाचारहरु