काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहनेछन्। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्याद तोकिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो।–0–


