घोडाघोडीमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु

चैत १२ बारा । घोडाघोडीमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बुधवार राति ८ बजे जिल्लाको घोडाघोडी नगरपालिका–१० स्थित सशस्त्र प्रहरी ब्यारेक नजिक सुपप्र ०१ ०१० प ४२८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी–९ का २७ वर्षीय हरिशरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकलमा तीन जना सवार रहेको बताइएको छ। त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी–९ कै २२ वर्षीय दीपेन्द्र चौधरी सामान्य घाइते भएका र चालक सोही ठाउँका ३० वर्षीय किसन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु