जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको तयारी

काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठनको प्रक्रिया अघि बढाइएको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषी पहिचान गर्ने उद्देश्यले आयोग गठन प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार, आगामी मन्त्रिपरिषद्को पहिलो बैठकबाटै यसबारे औपचारिक निर्णय हुने छ ।

मन्त्रालयमा आयोग गठनका लागि विज्ञको रोस्टर तयार गरी छलफल सम्पन्न भइसकेको छ । आयोगको कार्यक्षेत्र (टीओआर) पनि टुंगो लागिसकेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आयोगको नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना बढी छ । भ्रष्टाचारविरुद्धको कडा छवि भएका कार्कीलाई नेतृत्व दिन सरकार तयार भएको बताइएको छ । आयोगमा तीन सदस्य रहने र अन्य सदस्यका नाम पनि लगभग टुंगो लागिसकेको छ ।

जेनजीसँग भएको छलफल नेपाली सेनाको सहजिकरणमा भएको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले आन्दोलनमा भएको दमन छानबिनका लागि उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।–00—

Share:

सम्बन्धित समाचारहरु