चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउने कार्य निरन्तर जारी छ । डिभिजन सडक कार्यालय भरतपुरले आज बिहानैदेखि तीनवटा मेसिन परिचालन गरी पहिरो हटाउने काम थालेको हो ।
अस्ति बेलुकी साढे ७ बजेदेखि सडक अवरुद्ध हुँदा ३६ घण्टासम्म पनि आवतजावत अवरुद्ध भएको छ । बाटो बन्द भएपछि यो सडकखण्ड हुँदै यात्रा गर्ने हजारौं यात्रु गन्तव्यमा पुग्न नसकेर बाटोमै रोकिएका छन् ।
सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज लगातार पहिरो खस्ने क्रम रोकिए मध्यान्हसम्म सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ । तर ससाना चट्टानका टुक्रा खसिरहने क्रम भने अझै रोकिएको छैन ।–00–


