चितवन । माडी नगरपालिका–६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्राममा संरक्षित बालबालिकाहरूलाई युवा अगुवा एवं सञ्चारकर्मी राकेश चौधरीले स्टेशनरी सामग्री प्रदान गरेका छन्।
चौधरीले आफ्नो २६ औं जन्मदिनको अवसरमा कापी, कलमलगायत स्टेशनरी सामग्री बालबालिकालाई वितरण गर्दै बालग्राममै केक काटेर जन्मदिन मनाए। साथै, उनले बालग्राम परिसरमा वृक्षरोपण पनि गरेका छन्।
यसअघि पनि चौधरीले अघिल्लो वर्षको जन्मदिनको अवसर पारेर सोही बालग्राममा संरक्षित बालबालिकाहरूलाई सहयोग गरेका थिए। उनले सामाजिक सेवाको यो अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
बालग्राममा संरक्षित चेपाङ बालबालिकाहरूलाई जन्मदिन वा अन्य विशेष अवसरमा सहयोग गर्न उनले अन्य व्यक्तिहरूलाई पनि आग्रह गरेका छन्।

–00–


