पार्टी सभापतिलाई कहिले सम्म थुन्न सक्छन र ? त्यसको जवाफ नेपाली जनताले दिनेछन्ः सांसद सोविता गौतम ।

चितवन, २१ असार । राष्ट्रिय स्वतन्त्रपार्टीकी सांसद सोविता गौतमले रवि लामिछानेमाथी राज्यले गरेको प्रतिशोधको बदला नेपाली जनताले लिने बताएकी छिन् । पार्टीले पूर्वी चितवनमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउन चितवन आइपुगेकी सांसद गौतमले भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुरागर्दै पार्टी सभापतिलाई कहिले सम्म थुन्न सक्छन हेर्राैं न भनिन ।

राज्यले गरेको प्रतिशोष विरुद्धको हस्ताक्षर अभियानमा देशव्यापी रुपमा सकारात्मक परिमाण दिइरहेको उनको भनाई छ । जनता उत्साहित भएर यो अभियानमा जुट्नुभएको उनले थपिन । पार्टी सभापतिको अभाव चितवनवासीलाई मात्रै होइन सबैलाई महशुस भइरहेको उनले बताइन ।

चितवन राष्ट्रिय स्वतन्त्रपार्टीको उद्गम स्थल भएकाले यहाँका जनताहरुको आशा भरोसा मर्न नदिने बरु त्यसका लागि थप शसक्त भएर यहाँका जनताहरुले क्रियाशीलता देखाएको उनको भनाई छ । दुई दिन सम्म चितवन रहेर आफुले पार्टीका नेता कार्यकर्तासँगै चितवबासहिरुसँग साक्षत्कारगर्ने उनले बताईन ।

Share:

सम्बन्धित समाचारहरु