कालिका, १६ भदौं । कालिका नगरपालिकामा आयोजना गरिएको दुईदिने प्रथम मेयर कप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगितामा समुह बी तर्फ दिवस श्रेष्ठ र अमीस सुवेदीले उपाधी जितेका छन् । यस्तै समूह बी तर्फ अजुर्न बराली र गोविन ढकाल द्धितीय स्थान हात पारेका छन् । समहु बी तर्फ जोनम श्रेष्ठ र कुसल कडेल द्धितिय भएका छन् । यस्तै समुह बीच तर्फ नै सुरज तामाङ, अर्जुन श्रेष्ठ तृतिय भए भए ।
यस्तै समहु सी तर्फ विरुन चौधरी र ध्रुबबाबु अधिकारी प्रथम भएका छन् । समुह सी तर्फ फणिन्द्र लामिछाने र प्रकाश पोण्डे द्धितिय भएका छन् । समुह सी तर्फकै कर्ण आग्री र रामहरी केसी तृतिय भएका छन् ।
खेलाडीहरुलाई नगद, प्रमाणपत्र, कप, मेडलहरु नगर प्रमुख विनोद रेग्मी र उप प्रमुख विमला तामाङले वितरण गर्नुभयो । समुह बीच तर्फ प्रथमहुनेले नगद ३१ हजार रुपैयाँ, द्धितियहुनेले २१ हजार रुपैयाँ नगद, र तृतियहुनेले ११ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र, कप, मेडल प्राप्त गरे ।
यस्तै समहु सी तर्फ प्रथमहुनेले १५ हजार रुपैयाँ नगद, प्रमणपत्र, कप, मेडल प्राप्त गरेको छ । यस्तै द्धितियहुनेले नगद १० हजार रुपैयाँ नगद, प्रमाणपत्र, मेडल, कप प्रमाणपत्र प्राप्त गरे । यस्तै तृतियहुनेले नगद ७ हजार रुपैयाँ, प्रमाणपत्र, कप, मेडल प्राप्त गरे ।
कालिका कर्भडहरु व्याटमिन्टन व्यवस्थापन समिति र कालिका नगरपालिकाको संयुक्त आयोजनामा आयोजना गरिएको प्रथम मेयरकप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले कालिकालाई खेलकुदको हब बनाइने बताउनुभयो । खेलकुदको माध्यमवाट कालिकालाई चिनाउन सकिने भएकाले नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको समेत बताउनुभयो । खेलकुदको विकासका लागि छिट्टै नगरस्तरीय खेलकुद विकास समिति गठन गरिने समेत आश्वासन दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, सेन्ट्रल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेल, वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम कालिका कर्भडहरु व्याटमिन्टन व्यवस्थापन समितिका अध्यक्ष फण्न्द्रि लामिछानेको अध्यक्षतामा आयोजना गरिएको हो ।
६५ जना सहभागि प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज नारायणगढ रहेको थियो ।–00—-