मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०:५५ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि राति ११:५५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। आज बिहान ७:१५ बजेदेखि भने सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले ठक्कर दिँदा ना६ख १५२२ नम्बरको बसको अगाडिको सिसामा क्षति पुगेको छ।–00–


