नवाैं खिचरा महाेत्सवकाे हरहिसाब सार्वजनिक

 

चितवन,  १५ भदाै  । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ द्वारा पुस २७ देखि माघ १० गतेसम्म आयाेजित नवाै खिचरा महाेत्सवकाे हरहिसाब आज एक कार्यक्रममा सार्वजनिक गरिएकाे छ ।

 

हरहिसाब सार्बजनिक गर्दै आर्थिक समितिका संयाेजक जीतबहादुर चाैधरीले महाेत्सवबाट ५२ लाख ९५ हजार ९६९ रूपैयाँ आम्दानी तथा ४९ लाख ५४ हजार ९५२ रूपैयाँ खर्च भई ३ लाख ४१ हजार १७ रूपैयाँ बचत भएकाे हरहिसाब विवरण पेश गरेका छन् । खिचरा महाेत्सव व्यापारिक तथा नाफामूलक महाेत्सव नभई साँस्कृतिक महाेत्सव हाे । तथापि महाेत्सव सम्पन्न गर्न केही आर्थिक काराेबार हुने भएकाेले उक्त काराेबारकाे पारदर्शिताकाे लागि आम्दानी खर्च सार्वजनिक कार्यक्रम गरिएकाे आयाेजकले जनाएकाे छ ।

 

कार्यक्रम नवाैं खिचरा महाेत्सव मूल आयाेजक समितिका संयाेजक तथा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि थाकस केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चाैधरी, विशिष्ट अतिथि जिल्ला सभापति ललित कुमार चाैधरी, खैरहनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मनेजर महताे, वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, आठाैं खिचरा महाेत्सवका संयाेजक कृष्णलाल चाैधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।—00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु