काठमाडौं, असोज १ – हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहँदा देशभर मौसम बदली हुने पूर्वानुमान गरिएको छ। अरब सागर र बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव समेत रहेकाले वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसोको मौसम
- देशभर सामान्य बदली रहनेछ।
- बागमती र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थान र अन्य भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना।
- कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना।
आज रातिको मौसम
- कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ।
- बाँकी भूभागमा आंशिक बदली रहनेछ।
- मध्यम वर्षा: मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा।
- भारी वर्षा: मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा।
सावधानी अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले संभावित भारी वर्षाका कारण निम्न जोखिमहरूबारे सतर्कता अपनाउन आग्रह गरेको छ:
- पहिरो तथा डेब्रिज फ्लो (गेग्रान बहाव) को जोखिम
- साना तथा ठूला नदी-नालामा पानीको सतह अचानक बढ्न सक्ने
- यातायात क्षेत्र प्रभावित हुन सक्ने सम्भावना
महाशाखाले सार्वजनिक सूचनामार्फत सबैलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न अनुरोध गरेको छ । –00–

