प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरिन्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेकी छन्। शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले औपचारिक रूपमा सरकारको जिम्मेवारी सम्हालेकी हुन्।

पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

पदभार ग्रहण समारोहमा मुख्यसचिव एकनारायण अर्यालसहित सरकारका अन्य सचिवहरूले उनलाई स्वागत गरेका थिए। सरकारले सिंहदरबारको गृहमन्त्रालय अन्तर्गतको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय गरेपछि सोही स्थानबाट कार्कीले आफ्नो कार्यकाल सुरु गरेकी हुन्।

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनको सशक्त समर्थनमा प्रधानमन्त्री बनेकी हुन्, जसले हालको अन्तरिम सरकार गठनको मार्ग प्रसस्त गरेको थियो। –00–

 

Share:

सम्बन्धित समाचारहरु