प्रधानमन्त्री सुशीला कार्की आज बिहान ११ बजे पदभार ग्रहणगर्दै

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की आज बिहान ११ बजे पदभार ग्रहण गर्ने भएकी छन्।

गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले त्यसै दिन राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

प्रधानमन्त्रीको कार्यलयका अनुसार, उनले आज सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। सो भवनलाई हालै प्रधानमन्त्री कार्यालयको रूपमा प्रयोगमा ल्याइएको हो।

–00–

 

Share:

सम्बन्धित समाचारहरु