कालिका, १९ असार । कालिका नगरपालिकाको वडा नं. ४ ले एकवर्षको अवधिमा २२ सय ५० मिटरबाटो कालोपत्रेगर्दै छ ।
प्रदेश र नगरपालिकाको बजेटले वडा नं. २ सँगको सीमाना रोड र चित्रवन बोडिङ स्कुलदेखि पूर्वपट्टीको बाटोलाई कालोपत्रे गरेर सक्ने लक्ष्य लिएर काम गरिरहेको छ । वडा अध्यक्ष मकरमान श्रेष्ठका अनुसार वडाको ३, ५ र ६ नम्बर बाटोमा अपुरो रहेको सडकलाई पनि यहि आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य लिएर काम भइरहेको छ । अहिले भइरहेको काम स्तरिय रहेको वडा अध्यक्ष श्रेष्ठको दावी छ ।
असार मसान्त लागेपछि कामगर्ने चटारो किन हुन्छ भन्ने सेतो नेपालको प्रश्नमा वडा अध्यक्ष श्रेष्ठले नीति, विधि र प्रकृयामा जाँदा ढिलोचाँडोहुने गरेको बताए । ढिलै भएपनि आफ्नो वडामा भइरहेको विकास निर्माणको काम परिपक्क र अब्बल रहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । दिनराज जनप्रतिनिधिहरु कामगर्ने ठेकेदारहरुसँगै छौं थोरैपनि तलमाथी हुन्न दिँदैनौं वडा अध्यक्ष श्रेष्ठले भने – जनप्रतिनिधिसँगै इन्जिीनियरहरुपनि कामको निरन्तर निगरानीमै छ ।
वडा अध्यक्षसँगै यहाँका सबै जनप्रतिनिधिहरु विकास निर्माणमा सक्रिय भएर जुटेका छन् । कालोपत्रे बाटोलाई गुणस्तरिय बनाउन निरन्तर निगरानिगर्न जनप्रतिनिधिहरु आलोपालो गरिरहेका छन् । प्राप्त बजेट अनुसार समयमै काम सम्पन्नगर्नका लागि वडामा चौविसै घण्टा काम भइरहेको छ। कालिका वडा न. ४ का वडा सदस्य बाबुराम शर्माले रातभरी जाग्राम बसेर निगरानि गरिरहेका छौं ।
काम भइरहेको बेला नगरवाट मेयर, उपमेयर लगायत प्राविधिक टोलीहरुको निरन्तर अनुगमनलेपनि आफुहरुलाई थप उत्साह मिल्दै गएको वडा सदस्य शर्माले बताए । वडाबासीले मत दिएर कामगर्न पठाएका हुन उनले भने वडाको विकासका लागि हामी भोक, निन्द्रा त्याग्न तयार र्छौं ।










