युनाइटेड कलेजको ‘टेक फ्युजन’ कार्यक्रम सम्पन्न

नारायणगढ, १२ पौष । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘टेक फ्युजन’ कार्यक्रम विहिवार सम्पन्न भएको छ । सूचना प्रविधि र इन्जिनियरिङ्गका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा देशैभरका १० वटा कलेजका विद्यार्थीहरुको सहभागि रहेको छ ।

रोबोटबाटै फूटवल टेक फ्युजन’ कार्यक्रमको प्रमुख आर्कषण बन्यो रोबोर्टबाटै खेलाइएको फुटवल प्रतियोगितामा आठ वटा टिम सहभागी थिए । प्रतियोगितामा काठमाण्डौँको क्याथफोर्ड कलेजको बोटमाइन गु्रप ए प्रथम र यहि कलेजको ग्रुप वि द्वितिय भएको छ । उनिहरुले क्रमश २० हजार रुपियाँ र १० हजार रुपियाँ पुरस्कार पाएका छन् ।

यस्तै कार्यत्तक्रमको दोस्रो आर्कषण साईवर सुरक्षामा ध्यान दिने उदेश्यले गरिएको ‘क्याप्च द फ्लाग’ बन्यो । नौ बटा कलेजका विद्यार्थीहरु सहभागि भएको सो प्रर्दशनीमा सहभागीहरुले आफ्नो कम्यूटरमा रहेको सफ्टवयरमा रहेको झण्डा जस्तो वल नियन्त्रण गर्नुनै थियो । यसमा जति जक्दो धेरै बल नियन्त्रणमा लिन सक्नेले नै अन्ततगत्वा आफ्नो साईवर सुरक्षामा वढी सचेत रहन सक्ने बताइएको छ ।

कलेजका कम्यूटर तथा इलेक्टिकल शिक्षा विभागका प्रमुख विकल बरालले विद्यार्थीहरुले सूचना र प्रविधिका क्षेत्रमा गरिरहेको अध्ययनमा नयाँ नयाँ सिप सिकाइ हुने भएकाले प्रर्दशनी आयोजना गरिएको बताउनुभयो ।
कलेजका ब्यवस्थापक विनोद ढकालले विद्यार्थीहरुले सिकेका सिपलाई ब्यवहारमा लागुगर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताउनुभयो । दुई दिन सम्म चलेको कार्यक्रमको बुधवार एक कार्यक्रमका विच भरतपुर महानगर पालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
फोटो – रोबोटवाट फूटवल खेलेको हेरेर रमाउदै विद्यार्थी

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु