काठमाण्डौ, २ मंसिर
झारखण्डमा कार रूखमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना नै घाइते भएका छन् । प्रहरीका अनुसार विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा झारखण्डको गिरिध जिल्लामा कार दुर्घटना भएको हो ।
तीव्रगतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको थियो । जसको कारण पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई बालबालिकासहित पाँच जना गम्भीर घाइते भएका हुन् ।
कारमा दुई बालबालिकासहित १० जना सवार थिए ।