कालिका नगरपालिकाका विद्यालयहरू भदौ २९ गतेदेखि नियमित सञ्चालन हुने

चितवन । कालिका नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू भदौ २९ गतेदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्। जेन–जी समूहको आन्दोलनका कारण विद्यालयहरू बन्द भएका थिए।

कालिका नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै २९ गतेदेखि सबै विद्यालयहरू सञ्चालन गरी शैक्षिक गतिविधि सुचारु गर्न निर्देशन दिएको छ।

शिक्षा अधिकृत चन्द्रादेवी शर्माका अनुसार, देशभर चलेको जेन–जी समूहको आन्दोलनबाट सिर्जित परिस्थिति क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएकाले नगरपालिकाको भदौ २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले २९ गतेदेखि विद्यालयहरू पुनः सञ्चालन गरी शैक्षिक गतिविधि निरन्तर अघि बढाउन अनुरोध गरेको जनाएको छ।

फाइल तस्विर –

Share:

सम्बन्धित समाचारहरु