रास्वपाले रुपन्देही ३ उपनिर्वाचनका लागि उम्मेदवार इच्छुकको नामावली सार्वजनिक गर्यो

काठमाडौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ।

रास्वपाले बिहीबार साउन २२ गतेसम्म प्राप्त आवेदकहरूको सूची सार्वजनिक गरेको हो। साउन २१ गतेसम्म आवेदन खुला गरिएकोमा सो अवधिभित्र ९ जनाले उम्मेदवार बन्ने आकांक्षा सहित आवेदन दिएका छन्।

रुपन्देही–३ उपनिर्वाचन आगामी १७ कात्तिकमा हुँदैछ।
पार्टीले सार्वजनिक गरेको नामावली अनुसार सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन्।

रास्वपाका अनुसार साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गर्ने उम्मेदवार छनोट प्रक्रिया अनुसार आवेदकहरूलाई मूल्याङ्कन गरिनेछ।

Share:

सम्बन्धित समाचारहरु