चितवनमा थारु गीत जितियाको छायाङ्कन सक्कियो

१५ श्रावण २०७९, चितवने थारु गीत जितियाको म्युजिक भिडियोको छायाङ्कनको काम सकिएको छ । चितवनका विभिन्न स्थानमा दुई दिन लगाएर छायाङ्कन सकिएको हो । चितवनका थारु समुदायका नारीहरुले महान पर्व जितीया लाई भव्यरुपले मनाउने गर्दछन् । यहि पर्वलाई लक्षित गर्दै भदौको दोस्रो साता म्युजिक भिडियो रिलिज गर्ने तयारी भईरहेको निर्देशक हिरा चौधरीले जानकारी दिए ।

म्युजिक भिडियोमा गायक विश्व चौधरी र गायीका समिक्षा चौधरीको स्वर रहेको छ । आशिष चौधरीको म्युजिक कम्पोजर, उपेन्द्र चौधरी (अविरल जिज्ञासुको) र सङवा महिला समुह बणगाउँको शब्द रहेको छ ।

म्युजिक भिडियोमा देव महतो र मुस्कान चौधरीको अभिनय रहेको छ । म्युजिक भिडियोका सहायक निर्देशक नितेश जग चौधरी, क्यामेरामेन म्याडम्यक्स विक्रम, मेकपमेन सरु ओली, अरेन्ज गणेश चौधरी, भिडियो सौजन्य लोकेन्द्रराज चौधरी रहेकाछन् । म्युजिक भिडियो सेविल ईन्टरनेँटमेन्ट युटुब च्यानलबाट सार्बजनिक गरिने भएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु