दक्षिण कोरिया अध्ययनगर्न जान इच्छुक विद्यार्थीहरुका लागि भरतपुरमा तीनदिने शैक्षिक मेलाहुँदै

चितवन, २ भदौं ।

चितवनको भरतपुरमा भदौं ४ गतेदेखि तीनदिने “गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेला” आयोजनाहुने भएको छ ।

साउन कोरिया अध्ययनगर्न जान इच्छुक विद्यार्थीलाई लक्षित गरेर शैक्षिक मेला आयोजनागर्न लागिएको हो । विगत एकदशकदेखि शैक्षिक परामर्श तथा भाषा कक्षा संचालनगर्दै आएको गोल्डेन इमिनेन्ट प्रा.लिले भरतपुर वडा नं. १० स्थित आफ्नै कार्यालय परिसरमा मेला आयोजनागर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

चितवन मेडिकल कलेज अगाडी गोल्डेन इमिनेन्ट प्रा.लिको कार्यालय छ । कोरियामा रहेका विश्वविद्यालय, पढाइ, शुल्क, भाषा तथा त्यहाँको संस्कृतिबारे मेलामा जानकारी दिइने प्रा.लिका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा आउने विद्यार्थी तथा अभिभावकलाई दक्षिण कोरियाको विश्व विद्यालयमा लाग्ने रजिष्ट्रेशन शुल्क, छात्रवृत्तिमा अध्ययनका लागि आवश्यक परामर्श तथा प्रोत्साहन गराईने छ ।

यस्तै विद्यार्थीलाई दक्षिण कोरियाबाट अध्ययन पुरा भएपछि प्राप्त सीप,अनुभव र दक्षतालाई स्वदेशमा आएर व्यवहारमा उतार्दै लगानीमैत्री वातावरण सृजनागर्ने, कारिया अध्ययनगर्न जाने विद्यार्थीका लागि लाग्ने न्यूनतम शुल्क, त्यहाँको अवसर, विश्व विद्यालय र कोर्षको बारेमा विद्यार्थी र अभिभावकलाई जानकारी दिइने प्रा.लिका प्रबन्ध निर्देशक रिजालले जानकारी दिनुभयो ।

शैषक मेलामा आउने विद्यार्थीले विश्वविद्यालयका नेपालका प्रतिनिधिहरुसँग सिधा परामर्श तथा जिज्ञासा राख्न सक्नेछन् । शैक्षिक मेलामा विद्यार्थीहरुको सबै कागजातहरु पुरा भएको खण्डमा “अन दस्पट” अर्थात मेला स्थलमै भर्ना सुविधा उपलव्ध गराईनेछ ।

विद्यार्थीका लागि आवश्यक कागजपत्रहरु, बैकिङ्ग सुविधा, बीमा सुविधाका बारेमा समेत मेलामै जानकारी दिने तथा आवश्यक सहकजीकरण गरिने व्यवस्था छ ।

—00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु