जेनजी आन्दोलनमा भएको आगजनी–लुटपाटका फोटो–भिडियो पठाउन प्रहरीको आग्रह

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटसँग सम्बन्धित फोटो तथा भिडियो उपलब्ध गराउन नेपाल प्रहरीले आम सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रहरीले जारी गरेको अनुरोधमा काठमाडौं उपत्यकासहित देशभर भएका विरोध प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र डर त्रास फैलाउने घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट भएका लिङ्कहरू उपलब्ध गराउन आग्रह गरिएको छ ।

त्यस्ता प्रमाणहरू नेपाल प्रहरीले प्रयोग गर्दै आएको आधिकारिक इमेल ठेगाना nepalpoliceinfo@gmail.com मा पठाउन सकिने र प्रमाण पठाउनेको गोपनीयता सुरक्षित राखिने प्रहरीले स्पष्ट पारेको छ ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु