चितवन, ९ साउन । चितवनको भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुरमा स्मार्ट लाइट जडान गर्ने क्रममा करेन्ट लागेर दुई जना कामदार घाइते भएका छन्।
स्मार्ट लाइट जडानका लागि भरतपुर महानगरपालिकाबाट ठेक्का सम्झौता भई चाबहिल, काठमाडौंस्थित ऐ. स्टिल जे. बी. सौर्य इनर्जी कम्पनीमार्फत काम भइरहेको थियो। यही क्रममा साउन ८ गते दिउँसो १२:३० बजे विद्युत पोलमा बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा दुई जना कामदार घाइते भएका हुन्।
घाइते हुनेमा भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय अर्जुन राना र नवलपरासीस्थित पालिनन्दन गाउँपालिका–४ निवासी २२ वर्षीय सबिनन्दन शाहानी रहेका छन्। करेन्ट लाग्दा दुबै जनाका हात र खुट्टामा चोट लागेको र उनीहरूलाई मध्यम घाइते अवस्थामा भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेकाे चितवन प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि वाग्मती प्रदेश प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक काशी राज थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। घटना स्थल वाग्मती प्रदेश प्रहरी कार्यालय नारायणगढबाट करिब २.५ किलोमिटर उत्तर–पूर्वमा पर्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।–00–


