चितवन –जिल्ला प्रशासन कार्यालय चितवनले आज (सोमबार) दिउँसो १२ बजेदेखि भरतपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्म कर्फ्यू कायम रहने प्रशासनले जनाएको छ ।
कर्फ्यू आदेशअनुसार भरतपुर महानगरपालिका भित्र तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण रुपमा निषेध गरिएको छ ।
कर्फ्यू लागू हुने सीमा:
-
पूर्वतर्फ: केन्द्रीय बस टर्मिनल
-
पश्चिमतर्फ: नारायणी पुल (पुलचोक)
-
उत्तरतर्फ: पोखरा बसपार्कदेखि विशालचोक
-
दक्षिणतर्फ: त्रिचोकदेखि भरतपुर विमानस्थल पछाडिको चोकसम्म
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै आवागमन निषेध रहनेछ । तर एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने छूट दिइनेछ । साथै हवाई टिकट देखाउने यात्रुहरूको आवागमनमा पनि सुरक्षाकर्मीले सहजता गर्ने व्यवस्था गरिएको छ ।
–00—


