पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुनः मतगणना गर्न आदेश दिएको छ ।
मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनस् मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुनस् गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुनस् मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।


