कालिका, ४ साउन । खैरहनी नगरपालिका वडा नं. १० को वडा सदस्य एवम सामाजिक व्यक्तित्व मिरा चौधरीले आफ्नो जन्म दिनको अवसरमा पदमपुर स्थित चेलीहरुलाई खाद्यन्न सामग्री सहयोग गरेको छ । आज परेको जन्म दिनको अवसरमा चौधरीले कालिका वडा नं. ५ स्थित गौरीमाया चौधरी र मुसनी चौधरीलाई खाद्यन्न सामग्री सहयोग गर्नुभएको हो ।
चामल, दाल, नुत तेल, बेसार, आलु लगायतको खाद्यन्न सामग्री बोकेर चौधरी आफै पुग्नुभएको थियो ।
सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेलको नेतृत्वमा ति दुईजना चेलीहरुलाई बस्ने आश्रयको व्यवस्थपान गरिएको थियो । विहान बेलुकी छाकटार्न गाउँगाउँमा गएर माग्नुपर्ने बाध्यता थियो । बेसहारा चेलीहरु आफ्नै सहोदर दिदी बहिनीहरु हुन । पारी पदमपुरदेखि गाउँमा गाईभैसीको गोठालो भएर पेट पाल्दै आएका थिए । पदमपुर स्थानान्तरण भएर नयाँ पदमपुर सरेपछि स्थानीयले गाईभैसी पाल्न छाडेपछि उनिहरुलाई विहान बेलुकी पेट पाल्नसमेत समस्या थियो ।
घर निर्माणसँगै उनिहरुलाई आवश्यक खाद्यन्नका सामग्री समाजसेवी गजुरेलले व्यवस्थापनगर्दै आउनुभएको थियो । केही समयका लागि गजुरेल नेपाल बाहिर भएकाले यि चेलीहरुको रासनपानीको अभावहुँदै गएको थियो ।




