चितवन, १ माघ । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडी अयोध्यापुरीकि एयर होस्टेसको पनि मृत्यु भएको छ । काठमाडौ बाट पोखरा गएको सो विमानको चालक दलको सदस्य रहनुभएका माडी(८, दक्षिण अयोध्यापुरी निवासी बिमान परिचारिका ९एअर होस्टेस० ओसिन आलेमगरको विमान दुर्घटनामा निधन भएको पुष्टि भएको हो ।
केही वर्षअघि सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेपछी एयरहोस्टेस काठमाडौमा बस्दै आउनु भएको थियो । करिब ५ महिना अगाडि मात्रै ओसिनले यती एयरलाइन्समा जागिर सुरु गर्नु भएको थियो । पछिल्लो समय टिकटकमा समेत निकै सक्रिय ओसिनको दुःखद् निधनले आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्र शोकमा डुबेको छ ।