शारदानगर जेसिजलाई प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड”

भरतपुर । युवा नेतृत्व तथा सामाजिक सेवामा सक्रिय शारदानगर जेसिजले नेपाल जेसिजको परिपत्रअनुसार निर्धारित कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै अप्रिल महिनाको प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गर्न सफल भएको छ। नेपाल जेसिज द्वारा प्रदान गरिएको यो अवार्ड शारदानगर जेसिजले आफ्नो उत्कृष्ट कार्यसम्पादन, समयमै कार्यक्रम सम्पन्न गर्ने क्षमता तथा संस्थागत सक्रियताको सम्मानस्वरूप हासिल गरेको हो।

यस उपलब्धिले शारदानगर जेसिजको संगठनात्मक क्षमता, नेतृत्व विकासप्रतिको प्रतिबद्धता तथा समाजप्रति समर्पित सेवाभावलाई थप उजागर गरेको छ। स्थानीय स्तरमा विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको शारदानगर जेसिजले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।

 

संस्थाका पदाधिकारीहरूले यो सम्मान सम्पूर्ण सदस्यहरूको एकता, मेहनत र समर्पणको परिणाम भएको बताएका छन्। आगामी दिनमा अझ प्रभावकारी र सिर्जनात्मक कार्यक्रममार्फत समाज रूपान्तरणमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। यस उपलब्धिसँगै शारदानगर जेसिजले नेपाल जेसिजभित्र आफ्नो सशक्त उपस्थिति थप मजबुत बनाएको छ। यो सफलता सम्पूर्ण शारदानगर जेसिजकाे लागि गर्वको विषय बनेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु