जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं, २३ भदौ। सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि मृत्यु हुनेको संख्या १७ पुगेको छ। अस्पताल स्रोतका अनुसार, ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएपछि उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेहरूको कुल संख्या १७ पुगेको हो।

ट्रमा सेन्टरमै मात्र हालसम्म ९ जनाको मृत्यु भएको छ भने, अन्य अस्पतालमा पनि लगातार मृत्यु हुने क्रम जारी छ।

➡️ मृतक संख्या अस्पतालवारि यस्तो छः

  • ट्रमा सेन्टर : ९

  • सिभिल अस्पताल : ३

  • एभरेष्ट अस्पताल : ३

  • केएमसी अस्पताल : १

  • त्रिवि शिक्षण अस्पताल : १

यसरी हालसम्म ७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको पुष्टि गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु