चितवन । शैक्षिक परामर्श संघ नेपाल (ECAN) ले २९ औं स्थापना दिवसको अवसर विशेष कार्यक्रममार्फत मनाएको छ। यसै अवसरमा ईक्यान चितवनले भरतपुरस्थित होटल रेड कार्पेटको अगाडिको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको छ।
कार्यक्रमको अध्यक्षता ईक्यान चितवनका अध्यक्ष श्री दीपकचन्द्र भट्टराईले गर्नुभयको थियो। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष आदरणीय श्री केशव महर्जन रहनुभएको थियो।
विशेष अतिथिहरूमा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष आदरणीय श्री रामप्रसाद सुवेदी, ईक्यान केन्द्रका सम्माननीय केन्द्रीय सदस्य श्री मञ्जित ढकाल, तथा अष्ट्रेलियाको सिड्नी सिटी कलेजका प्रमुख श्री रञ्जु थापा रहनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य ईक्यान चितवनका उपाध्यक्ष श्री प्रज्वल पौडेलले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिव श्री सुजन थापा क्षेत्रीले गर्नु भएको थियो। यस रक्तदान कार्यक्रममार्फत कुल ५६ पिन्ट रगत सङ्कलन गरिएको छ, जसमा ४५ जना पुरुष दाता र ११ जना महिला दात्रीहरूको सक्रिय सहभागिता रहेको थियो।–00—


