चितवन, ७ भदौ। चितवनको तुइनखोला नजिक सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब पौन ७ बजे पहिरो खसेर सडक बन्द भएको थियो। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि सडक दुईतर्फी आवतजावतका लागि खुला गरिएको हो।
सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनले पुनः गन्तव्यतर्फ यात्रा थालेका छन्। यस वर्ष तुइनखोला क्षेत्रमा पटक–पटक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित हुँदै आएको छ। –0—


