गुल्मीमा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । गुल्मीको राक्से क्षेत्रमा खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि आवागमनमा समस्या भएको छ ।

सडक अवरुद्ध भएको सूचना प्राप्त लगत्तै पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउन डोजरलगायतका उपकरण प्रयोग भइरहेको छ ।

सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ गइरहेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु भएकाले यथाशीघ्र सडक सुचारु हुने प्रहरीको भनाइ छ ।

Share:

सम्बन्धित समाचारहरु