नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं,१० असोज । नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ। त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले १६२ रन बनाएको हो। निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाउँदै १६२ रन बनायो।

नेपालका लागि कुशल भुर्तेलफे सर्वाधिक ५० रन बनाए। त्यस्तै करण केसी २३ रनमा अविजित रहँदा दीपेन्द्र सिंह ऐरीले २०, रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सुन्दीप जोराले १० रन बनाए। त्यस्तै युएईका आयान अफजल खानले तीन विकेट लिए भने अलि नसुर र जहुर खानले दुई दुई विकेट लिए।

टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो।

यसअघि नेपालले हङकङ र यूएईलाई समान २-२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।

आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ ९क्यान०ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु