सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार !

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा झरेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु