’राष्ट्रिय स्वतन्त्र पार्टी पुन विवादमा ’

चितवन प्रशासनको सूचनापछि राष्ट्रिय स्वतन्त्रपाटीले भन्यो स्थानीय निकायसँग समन्वय र अनुमति लिएर मात्रै कामगर्नु

काठमाडौं, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकका समस्या समाधान र सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

नारायणगढ- मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक टीम (आरएटी) हटाउन चितवनका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएलगत्तै रास्वपाले निर्देशन जारी गरेको हो । रास्वपाले हिजोदेखि ५० जनाको टोली उक्त सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले उक्त टीम बनाएको प्रष्टिकरण दिएका छन् ।

‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र (आरएटी) जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ । अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनु अघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार (आरएटी) पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ ।’ रास्वपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु