फागुन २० चितवन ।चितवनमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ जयनेपालचोकमा हिजो राति ट्रयाक्टरको ठक्करबाट भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेलको मृत्यु भएको हो ।
बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए । ट्रयाक्टरको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।