प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौंमा

 काठमाडौं,  १ भदौ। भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिने कार्यक्रम छ ।

भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नेछन् ।

यसपछि उनले प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणालगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेट्ने कार्यतालिका तय भएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु