राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरले ३५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउँदै

कालिका, ८ पौष ।  श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरले भोली ३५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउँदैछ । चितवनको कालिका वडा नं. १ सूर्यपुरमा रहेको यो विद्यालयले आफ्नो स्थापनाको ३५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर खड्काले जानकारी दिनुभयो ।

 

प्रत्येक वर्ष पौष ९ गतेका दिन विद्यालयले आफ्नो वार्षिक उत्सव मनाउँदै आएको छ । अतिथिहरुलाई पत्रचारगर्नेदेखि सम्पूर्ण आन्तरिक तयारी पुरा भएको विद्यालयले जनाएको छ । यो वर्षपनि कालिका नगरपालिका प्रमुख विनोद रेग्मी प्रमुख अतिथिको रुपमा आउनुहुनेछ । कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाउन स्थानीय लोक गायक सन्दिप चेपाङ समेत सहभागिहुँदैछन् । कार्यक्रममा उनको सांगेतिक प्रस्तुती रहनेछ ।

वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा छात्रवृत्ति २०८० २०८१ वितरण, वार्षिक परीक्षाको पुरस्कार वितरण, वार्षिक खेलकुदकार्यक्रमको पुरस्कार वितरण, शिक्षक सम्मान कार्यक्रम रहने विद्यालयको प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू, पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष , पूर्व शिक्षक अभिभावक संघका अध्यक्षहरु, विद्यालय सल्लाहकार समितिका पदाधिकारीहरू  समेत सहभागिहुनेछन् ।

यस्तै विद्यालयका पूर्व सल्लाहकार समितिका अध्यक्षहरु, जग्गादातासहयोगीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत छ । कार्यक्रम संयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर खड्काको अध्यक्षतामा आयोजनाहुनेछ ।

कालिका नगरक्षेत्र भित्र रहेका ३५ वटा सामुदायिक विद्यालयहरु मध्ये शमीपुर विद्यालय नमुना विद्यालयको रुपमा परिचित छ ।

 

–00—

Share:

सम्बन्धित समाचारहरु