सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

जनकपुरधाम, १ भदौ  । सप्तरीमा करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको शनिबार बिहान निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डीएसपी माधव प्रसाद काफ्लाका अनुसार बिहान करिब ८ बजे खेतमा काम सकेर घर फर्कने क्रममा उनीहरू करेन्टको तारमा स्पर्श हुँदा घटनास्थलमै प्राण गुमाएका हुन् ।

धानबालीलाई जंगली जनावरबाट जोगाउन स्थानीय महेन्द्र सरदारले खेतको वरिपरि लगाएको तारमा करेन्ट प्रवाह गरिएको थियो । त्यही तारमा छोइएपछि बद्रि र विमलाको ज्यान गएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । –0—

Share:

सम्बन्धित समाचारहरु