काठमाण्डौमा कार दुर्घटना हुँदा चितवनका शर्माको मृत्यु

बैशाख १ काठमाडौं । काठमाण्डौ महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गएराति १२ बजेर ५० मिनेट जाँदा बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा कारका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षीय अङ्कित पण्डित शर्माको मृत्यु भएको हो। प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति सवा १ बजे मृत्यु भएको हो ।

तीव्र गतिको कार आफैं अनियन्त्रित भएर पल्टिँदा शर्माको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु