बागमती सरकारले पायो पूर्णता, चितवनका विनु रायमाझीलाई – सहकारी तथा गरिबी निवारण मन्त्राल 

हेटौंडा,३० साउन । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा मन्त्री परिषद्‌लाई पूर्णता दिएका छन्। कांग्रेसको भागमा परेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गर्दै उनले १४ सदस्यीय मन्त्रिपरिषद्‌ गठन गरेका हुन्।

साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिएका थिए। एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए। कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सिफारिस गरेका तीन मन्त्रीलाई भने बानियाँले सूचीमा राखेका छैनन्।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन्।

यस्तो छ बागमती मन्त्रिपरिषद्का सदस्य तथा कार्यविभाजन

  1. इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

  2. मधुसूधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय

  3. शिवराज अधिकारी – आन्तरिक मामिला तथा कानून मन्त्रालय

  4. किरण थापामगर – स्वास्थ्य मन्त्रालय

  5. उर्मिला नेपाल – युवा तथा खेलकुद मन्त्रालय

  6. कन्चन चन्द्र वादे – सामाजिक विकास मन्त्रालय

  7. डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय

  8. प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय

  9. भरतबहादुर के.सी. – वन तथा वातावरण मन्त्रालय

  10. सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन मन्त्रालय

  11. जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय

  12. कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय

  13. विन्दु श्रेष्ठ – उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

  14. विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण मन्त्राल

Share:

सम्बन्धित समाचारहरु