चितवन,साउन १६। चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गए रातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् ।
होटल रेडरुफ, होटल न्यूरो, होटल ग्रिन भ्यू,बेम्बो कटेज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, बिगबोस रेष्टुरेन्ट लगायतका होटल तथा रेष्टुरेन्ट डुवानमा परेको स्थानीय व्यवसायीले बताएका छन् । सो क्षेत्रमा बाढी आएसंगै होटल रेष्टुरेन्टमा रहेका सामानहरु सुरक्षित स्थानमा लैजान थालिएको छ । बाढीका कारण सौराहा क्षेत्र समेत जोखिममा परेको छ ।