रत्ननगर, १ भदौ ।रत्ननगरको शान्तीकुञ्ज सामाजिक उद्यमी महिला सहकारीले रक्तदान कार्यक्रम गरेको छ ।
रत्ननगरको वडा नम्बर १२ मा गरिएको रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको संस्थाकी अध्यक्ष निर्मला दंगालले जानकारी दिइन् । कार्यक्रममा ३४ पुरुष र २३ जना महिलाले रक्तदान गरेका दंगालले बताइन् ।
वडा नम्बर १२ का वडाध्यक्ष सुन्दरमणी सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुग्ध उत्पादक सहकारी संस्था जिल्ला अध्यक्ष किशोर बगाले, रत्ननगर नगरपालिका निवर्तमान उप-प्रमुख बिमलादेवी दुवाडी ,चेतनाशिल आमा समुहकी निवर्तमान अध्यक्ष अनिता अर्याल,संस्थाकी संस्थापक अध्यक्ष पार्वती न्यौपाने, सचिव सम्झना लामिछाने लगायतको उपस्थिती रहेको थियो ।–00–


