रत्ननगर नगरपालिका वडा नं. ४ खेलकुद समितिको संयोजकमा सुरेश चौधरी मनोनयन

दिपेश चौधरी । सेतोनेपाल

रत्ननगर, २८ साउन ।

पूर्वि चितवनको रत्ननगर नगरपालिका वडा नं. ४ द्वारा गठन गरिएको वडा स्तरीय खेलकुद समितिको संयोजकमा सुरेश चौधरीलाई मनोनयन गरिएको छ।

वडामा खेलकुद क्षेत्रको विकास, युवा सहभागिता अभिवृद्धि तथा स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले गठित समितिको बैठकले स्थानीय युवा चौधरीलाई संयोजक पदमा चयन गरेको हो।

मनोनयनपछि नवनियुक्त संयोजक चौधरीले वडाभित्र विभिन्न खेल प्रतियोगिता आयोजना, खेल पूर्वाधार विस्तार र प्रतिभावान खेलाडीको प्रोत्साहनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आज एक कार्यक्रम गरि रनपा वडा  न. ४ का वडा अध्यक्ष रामकुमार चौधरीले मनोनय पत्र हस्तान्तरण पत्र प्रदान गर्दै चौधरीलाई बधाई दिई खेलकुदको माध्यमबाट वडा नं. ४ लाई जिल्लामा उदाहरणीय बनाउने विश्वास व्यक्त गर्नुभयो।

सो कार्यक्रम मा नेपाल बिथार्थी संघका केन्द्रीय सदस्य कल्याण अर्याल, प्याराडाई यूवा क्लबका अध्यक्ष शरद कुमार चौधरी, रनपा वडा न ४ का वडा सचिव पुष्पराज आचार्य लगायत स्थानीय युवाहरूको उपस्थिति रहेको थियो ।

Share:

सम्बन्धित समाचारहरु