चितवन, ३० असार । नेपालबाट आधिकारिक रुपमा चीनमा घाँस निर्यात सुरु भएको छ । चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘साईलेज’को चीनमा निर्यात सरु भएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्याकिङ् घाँस साईलेजको चाईनामा निर्यात कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् । चीनले नेपालबाट साईलेजको आयात गर्न लागेको हो ।
उद्घाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठसँगै कृषिमन्त्री बेदुराम भुषाल र चिनिया प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











–00–


