रेशम सापकोटा – सेतो नेपाल-
चितवन,१८ साउन। चितवन उद्योग संघ, माडी समितिको सातौं तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले अध्यक्षमा जिताराम महतोलाई निर्विरोध रूपमा चयन गरेको हो।
अध्यक्ष महतोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने बाँकी दुई सदस्य मनोनयन प्रक्रियामा रहेका छन्।

उपाध्यक्ष पदमा नारायणदत्त रिजाल, गोविन्द प्रसाद नेपाल र ताराचन्द्र महतो निर्वाचित भएका छन्। सचिवको जिम्मेवारी प्रजापति तिवारीले पाएका छन् भने कोषाध्यक्षमा सुमनराज खनाल चयन भएका छन्।
कार्यसमिति सदस्यमा कौशल्यादेवी शाह चयन भएकी छिन्। युवा कार्यसमिति सदस्यमा शोभाकर सुवेदी, मोहनराज पोख्रेल र गीता खनाल रहेका छन्। महिला सदस्यतर्फ कृष्णमाया महतो र लक्ष्मी महतो निर्वाचित भएकी छन्।
त्यसैगरी, युवा सदस्यतर्फ मोहनबहादुर भण्डारी र रामधनी गुप्ता चयन भएका छन्। लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल रहेका छन् भने सदस्यमा हरि शर्मा र घनश्याम चौधरी रहेका छन्।
कार्यक्रमको प्रमुख आतिथ्य प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले गर्नु भएको थियो। माडी नगर प्रमुख ताराकुमारी काजी महतो विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
अधिवेशनमा माडी क्षेत्रका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नेतृत्वलाई आगामी कार्यकालमा माडी क्षेत्रको औद्योगिक विकासमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।


