बद्री सापकोटा क्युस्यु क्षेत्रका NRNA कार्यकारी सदस्यमा विजयी

रेशम सापकोटा – सेतो नेपाल

चितवन, १२ साउन – माडीमा जन्मेका बद्री सापकोटा, गैरआवासीय नेपाली संघ (NRNA) जापानको क्युस्यु क्षेत्रीय कार्यसमितिको कार्यकारी सदस्य पदमा विजयी भएका छन्।

उनका योजनाहरूमा मानसिक सशक्तिकरण तालिम, नेपालीलाई नेपालीबाटै हुने ठगी रोक्न सचेतना, संस्थाको पारदर्शिता र क्युस्यु क्षेत्रका नेपाली दाजुभाइ र दिदीबहिनीहरूको हकअधिकारको संरक्षण जस्ता महत्वपूर्ण पहलहरू समावेश छन्। उनले एनआरएनएलाई सशक्त, समावेशी र जिम्मेवार बनाउन प्रतिबद्धता जनाएका छन्।

सेतो नेपालका संवाददाता रेशम सापकोटासँग कुराकानी गर्दै सापकोटाले भने, एनआरएनएको विजयले क्युस्यु क्षेत्रका नेपाली समुदायलाई अझ बलियो र समृद्ध बनाउन नयाँ दिशा दिनेछ। मेरो उद्देश्य मात्र पद प्राप्त गर्नु होइन, वास्तविक सेवाको माध्यमबाट समाजलाई अघि बढाउनु हो। यसका लागि सबै नेपालीलाई एकजुट गर्नको लागि म प्रतिबद्ध छु -उनले भने ।  –00–

Share:

सम्बन्धित समाचारहरु