चितवन । छिमेक लघुवित्त वित्तीय संस्था कालिका शाखाले आफ्ना सदस्यहरु र अभिभावकहरुसँग गुनासो सुनुवाई ( इकाई भेला) आयोजना गरेको छ । पदमपुर स्थित हजुरको पार्टी प्यालेसमा आयोजना गरिएको यो कालिका शाखाको चौथौं ग्राहक सदस्य गुनासो सुनुवाई ( इकाइ भेला ) हो ।, बेला बेला छिमेकी लघुवित्त वित्तीय संस्था कालिका शाखाले आफ्ना सदस्यहरुसँग यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
कालिका नगरपालिका, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिमा रहेको सदस्यहरु, अभिभावकहरु कार्यक्रमा सहभागि थिए । संस्थाको गतिविधिबारे जानकारी दिने, संस्थापनि कुनै गुनासो भए सुनाउने दिनेको रुपमा यो कार्यक्रम आयोजनाहुँदै आएको छ ।

भेलामा गुनासो सुन्ने र त्यसलाई संवोधनगर्नेसँगै विभिन्न विद्यामा पुरस्कार तथा सम्मान वितरण समेत गर्दै आएको छ । यो पटक आयोजना गरिएको भेलामा ३ जना उत्कृष्ट सफल व्यावसायीलाई ३ हजार ५ सय १५ रुपैयाँ नगद पुरस्कार सम्मान पत्र र शाखाका १० वटा उत्कृष्ट इकाई (समूह)लाई १७ हजार ५ सय ५० रुपैयाँ पुरस्कार सम्मान पत्र र १० इकाई (समूह) १० जनाको छोरी पढाउन को लागि ३ हजार ६०० का दरले रु ३६ हजार रुपैयाँ छात्रवृत्ति एसइईमा उत्कृष्ट नतिजा ल्याउने २ जना छात्रा लाई जनहि ७ हजार ५०० का दरले १५ हजार रुपैयाँ नगद, विशिष्ट सदस्य १० जनालाई दोसला ओढाएर सम्मान प्रदान गरेको छ ।

उक्त कार्यक्रममा १ सय ३१ जना र अभिभावक ६६ जनागरि कुल १ सय ९७ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यावसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्राविधिको कसरी प्रयोग गर्ने आदि कुराहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।
यसै बित्तीय संस्थाका बिभागिय प्रमुख बेदनाथ अधिकारि प्रदेश प्रमुख श्रीकृण्ण जोसि अनुगमन प्रमुखहरू राधाकृ्ण्ण तिमिल्सिना धुर्व अधिकारी र , सूचना प्राविधिककिरणा परियार , शाखा प्रबन्धक ऋषि राम तिमिल्सिना ले शाखाको आर्थिक प्रतिवेदन सुनाउनु भयो र शाखाका कर्मचारीहरुले कार्यक्रमलाई सहजीकरण गरि कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गरेका थिए साथै ग्राहक सदस्य वाट आएका गुनासो को वारेमा सुनुवाइ भएको थियो।


–00–

