राजविराज, १० साउन ।— सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२, पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, आफ्नै घरमा विद्युतीय सिटी रिक्सा चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो। उनलाई छुटाउन गएकी उनकी श्रीमती रामकुमारीलाई समेत करेन्ट लाग्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।


