कालिका, ३१ असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै विगत एक वर्षभित्र सम्पन्न गरिएका कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यक्रममा नगरबासीले विकास, सेवा प्रवाह, सुरक्षालगायत विभिन्न विषयमा सुझाव तथा गुनासाहरु राखेका छन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले नगरपालिकाले अनुमानित ९२ करोड ९७ लाख ९४ हजार रुपैयाँमध्ये ७१ करोड ३४ लाख २५ हजार ८५७ रुपैयाँ, अर्थात् ७६.७३ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयाे ।
प्रस्तुत गरिएकाे चालु खर्चतर्फ ८६.६१ प्रतिशत र पुँजीगत खर्चतर्फ ६५.४४ प्रतिशत खर्च भएको उल्लेख गरिएको छ।

विकास योजनाबाट सेवा विस्तारसम्म-
प्रमुख प्रशासकीय अधिकृत चौलागाईंका अनुसार कालिका नगरअस्पतालमा विशेषज्ञ सेवासहित प्रयोगशालाको स्तरोन्नति गरिएको छ। पाँच सय जनालाई स्वरोजगार तालिम दिइएको छ भने नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा अधुरा तथा दुर्गम स्थानहरुमा विद्युत् लाइन विस्तार गरिएको छ।
गत आर्थिक वर्षमा १८ वटा योजना अन्तर्गत बोलपत्र आह्वान गरिएकामा १७ वटा योजना सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभयो । नयाँ आर्थिक वर्षदेखि घरघरबाट फोहोर सङ्कलन गर्ने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयाे ।

नागरिक सुझाव : –
कार्यक्रममा सहभागी नगरबासीले महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएका छन्। कालिका–६ का नरराज धितालले नगरमा कुकुर नियन्त्रणको माग राख्दै अस्थायी साधन प्रयोग घटाउँदै गर्भपतन सेवा बन्द गर्नुपर्ने बताउनुभयाे।
कालिका–६ कै हरि भण्डारीले नगर प्रहरीको परिचालन, खेल मैदान, पुस्तकालय, र शिक्षामा लगानी बढाउन सुझाव दिनुभयाे । ज्येष्ठ नागरिक संयोजक भीमप्रसाद खनालले अस्पताल सेवा असहज भएको भन्दै टिकट प्रणाली सात दिनसम्मको बनाउने माग गर्नुभयाे।
कालिका–७ का रामबहादुर बोहराले मनकामना टोलमा सडक पिच निर्माण, भेगीय पूर्वाधारमा समानता, र मानवअधिकार कार्यालय स्थापनाको माग गर्नुभयाे । टेकबहादुर बस्नेत, काजीमान मोक्तान, नरेश तिवारीलगायतले ट्रान्सफर्मर जडान, फोहोर व्यवस्थापन, हाइमास लाइट मर्मत, सिसी क्यामेरा जडान, चेकप्वाइन्ट स्थापनालगायत सुरक्षामूलक उपायमा ध्यान दिन सुझाव दिएका थिए।





अस्पतालको सेवा र लालपुर्जा वितरण सम्बन्धी जानकारी-
कालिका नगरअस्पतालका मेसु डा. जीवन खरेलले स्वास्थ्य बीमा बोर्डको २४ घण्टे टिकट नीतिका कारण सेवा प्रभावित भएको बताउनुभयाे ।
उहाँले सात दिनसम्म मान्य हुने ‘ओपिडी बुकलेट’ सुरु गर्ने तयारी भइरहेको जानकारी गराउनुभयाे । केही दिनदेखि बीमा बाेर्डकाे सिस्टम नचल्दा सेवाग्राहीलाई सहजरूपमा सेवा दिन कठिनाइ भएको बताउनुभयाे ।

प्रशासन शाखा प्रमुख रामप्रसाद अधिकारीले आगामी वर्ष ४०० अव्यवस्थित बसोवासी तथा सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने योजना रहेको जानकारी दिनुभयाे । नगर क्षेत्र भित्रका सुकुम्बासीले छिट्टै लालपुर्जा पाउनेगरी नगरपालिकाले सक्रिता बढाईरहेकाे उहाँले स्पष्ट पार्नुभयाे। 
राजनीतिक आरोप–प्रत्यारोप पनि-
कार्यबाहक नगरप्रमुख विमला तामाङले भोजाङ–खगेरी सडक नगरको पहलबाट बनेको बताउँदै त्यसमा रास्वपाले अनावश्यक राजनीति गरेको आरोप दावीगर्नुभयाे ।
स्थानीयतहकाे पहल र प्रयास बिना त्याे सडक निमार्णकाे काम हुँदैनथ्यो उहाँले भन्नुभयाे – नगर प्रमुख याे विषयमा निकै खट्नुभयाे ।
यसै वर्षदेखि फोहोर व्यवस्थापन कार्यान्वयनमा ल्याउने र नयाँ नगर भवनबाट समेत केही महिनामै सेवा सुरु हुने जानकारी दिनुभयाे । भवन निमार्णकाे काा सकिएकाे भएपनि ठेकेदारले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण केही ढिलाइ भएकाे उहाँले स्पष्टपार्नुभयाे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले नगरक्षेत्रभित्र विग्रीएको हाइमाक्स लाईट मर्मतको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयाे । निर्माण र मर्मतको जिम्मा लिएको ठेकेदारलाई पटक पटक मर्मतका लागि आग्रह गरेपनि ठेकेदारले वास्ता नगरेपछि उनले धराैटी राखेकै पैसावाट लाइटकाे मर्मतगर्नेगरि प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।











