बिमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारले समिति गठन गर्‍यो

काठमाडौं, ३० असार ।
सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि समिति गठन गरेको हो। एक मन्त्रीका अनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।

समितिमा बिमा क्षेत्रका विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री पनि सदस्यको रूपमा रहनेछन्।

सरकारले गत फागुन १२ गते शरद ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनीमाथि योग्यता र प्रक्रियाबारे प्रश्न उठिरहेका थिए।

 

Share:

सम्बन्धित समाचारहरु